श्रावण १, २०८२ बिहिबार July 17, 2025

चीन र रुससँग संयुक्त सैन्य अभ्यास गर्दै दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाले आगामी महिना आफ्नो समुद्र तटमा चीन र रुससँग संयुक्तरूपमा सैन्य अभ्यास गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्कोको पक्षमा उभिन आनाकानी गर्दै आएको दक्षिण अफ्रिकाले आगामी महिना आफ्नो समुद्र तटमा चीन र रुससँग संयुक्तरूपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ ।

विगतदेखि नै चीन र रुससँग सुमधुर रहेको देशको सम्बन्धलाई अझ सुदृढ बनाउन तीनवटै राष्ट्रका सेनाबीच बहुराष्ट्रिय जलसैन्य अभ्यास हुने दक्षिण अफ्रिकी सेनाले बिहीबार बताएको छ ।

आगामी फेब्रुवरी १७ देखि ‘मोसी’ संयुक्त सैन्य अभ्यास हुने दक्षिण अफ्रिकाको राष्ट्रिय प्रतिरक्षा बलले जनाएको हो । तीन देशका जलसेनाको यो दोस्रो संयुक्त अभ्यास हुनेछ । चार वर्षअघि यस्तै अभ्यास केपटाउनमा भएको थियो ।

China-Russia-South Africa Conduct Joint Naval Military Exercise Code-named  Mosi - MilitaryLeak

सैन्य कारबाहीलगायत आधारभूत सीप र ज्ञान आदानप्रदान गर्न आफ्ना चिनियाँ र रुसी समकक्षीसँग देशका तीन सय ५० सैनिक कर्मचारीले संयुक्त अभ्यासमा भाग लिने दक्षिण अफ्रिकी सेनाले  जनाएको छ ।

दक्षिण अफ्रिका ब्राजिल, रुस, भारत र चीन सदस्य रहेको ब्रिक्सको हालै अध्यक्ष बनेको हो । अमेरिका र युरोपेले नेतृत्व गरेका विश्वव्यापी शासनका संरचनालाई चुनौती दिन ब्रिक्स स्थापना भएको ठानिन्छ ।

दक्षिण अफ्रिकाले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको छ । पश्चिमा राष्ट्रले भने रुसमाथि धेरै किसिमका प्रतिबन्ध लगाएका छन् ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया