श्रावण १, २०८२ बिहिबार July 17, 2025

अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल

प्रस्तावित नयाँ नियमअनुसार निवृत्ति भरण पाउन अब धेरै समय काम गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन् ।

देशव्यापी यो हडताललाई राष्ट्रपति इम्यानुएल म्याक्रोँको परीक्षाको रुपमा हेरिएको छ ।

प्रस्तावित नयाँ नियमअनुसार निवृत्ति भरण पाउन अब धेरै समय काम गर्नुपर्नेछ । अनिवार्य अवकाशमा जाने विद्यमान ६२ वर्षको उमेरलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।

देशमा वृद्धहरूको सङ्ख्या बढ्दै गएको तथा देशवासीको औसत आयु पनि वृद्धि भइरहेको छ । साथै उनीहरूले राज्यबाट निवृत्तिभरण पनि प्राप्त गर्दै आएका छन् ।

राष्ट्रपति म्याक्रोँले भने विद्यमान प्रणालीमा देखिएका समस्या समाधान गर्न प्रस्ताव गरिएको बताउनुभएको छ ।

कर्मचारी सङ्घसङ्गठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन सङ्र्घबाट प्राप्त अधिकार गुम्ने, तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन् ।

नयाँ निवृत्तिभरण प्रणालीबारे गरिएको एक सर्वेक्षणले पनि अधिकांश फ्रान्सेली नागरिक त्यसको विरोधमा रहेका देखाएको छ । रासस-एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया