श्रावण १, २०८२ बिहिबार July 17, 2025

‘माली मिसन सेनाको वृद्धि बिना कमजोर हुन्छ’

करिब नौ वर्षदेखि माली मिशनमा सबैभन्दा धेरै सैनिक परिचालन गरेको राष्ट्र फ्रान्सले गत अगस्टमा फिर्ता गरेपछि मिशन बढ्दो दबाबमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मालीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति ‘मिशन’ थप कर्मचारी र सैनिक बिना दिगो हुन नसक्ने त्यसलाई सुदृढ तुल्याउन सेना र कर्मचारी थप्नुपर्ने सुझाव दिइएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन एएफपीले फेला पारेको छ । प्रतिवेदनले उक्त मिशनका मुख्य शर्त पालना नभएमा सेना फिर्ता गर्नेसम्मका सुझाव पनि दिएको छ ।

जिहादीहरूको निरन्तर आक्रमणका कारण पतन उन्मुख मालीलाई जोगाउन शान्ति मिशन स्थापना गरिएको भए पनि त्यहाँको  सुरक्षा स्थिति निरन्तर बिग्रँदै गएको छ । उक्त देशको वर्तमान अवस्थालाई लिएर महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषद्मा पेस गरेको प्रतिवेदनमा पनि यो कुरालाई स्वीकार गरिएको छ ।

महासचिवले प्रतिवेदनमा मालीको वर्तमान स्थिति दिगो नरहेको उल्लेख गर्नुभएको छ । शान्ति स्थापनाका निम्ति खडा गरिएको मिशन नै अशान्त रहेको आशय उहाँले प्रतिवेदनमा व्यक्त गर्नुभएको छ ।

करिब नौ वर्षदेखि माली मिशनमा सबैभन्दा धेरै सैनिक परिचालन गरेको राष्ट्र फ्रान्सले गत अगस्टमा फिर्ता गरेपछि मिशन बढ्दो दबाबमा परेको छ । उक्त मिशनले परिषद्ले दिएको कार्यादेश कार्यान्वयन नभएकामा पनि महासचिव असन्तुष्ट हुनुुहन्छ ।

थप आर्थिक व्ययभार नपर्ने गरी मालीको केन्द्रीय क्षेत्रलाई मिशनअन्तर्गत समावेश गर्न निर्देशन भएको थियो । सुरक्षा परिषद्को कार्यादेश कार्यान्वयन नहुँदा मालिका जनता तथा अधिकारीले पनि उक्त मिशनको आलोचना गरेका छन् ।

महासचिवले समस्याको समाधानका निम्ति तीन वटा प्रस्ताव पनि गर्नुभएको छ । माली मिशनलाई सबै क्षेत्रमा सैनिक परिचालनलगायत कार्यादेश कार्यान्वयनका निम्ति पूर्ण अधिकार प्रत्यायोजन गर्ने,  सैनिक र प्रहरी कर्मचारी तीन हजार छ सय ८० वा दुई हजारमा राख्ने सामान्य योजना पनि अघि सार्नुभएको छ ।

गत महिनाको मध्यसम्म उक्त मिशनमा १२ हजार तीन सय ८८ सैनिक अधिकारी (परिषद्बाट स्वीकृत १३ हजार दुई सय ८९) र एक हजार पाँच सय ९८  (परिषद्बाट स्वीकृत एक हजार नौ सय २०) थिए ।

महासचिवले रणनीतिक प्राथमिकताअनुसार सैनिक र प्रहरीले एकीकृतरूपमा काम गर्ने वा बर्दी लगाएका सम्पूर्ण सुरक्षाकर्मीलाई फिर्ता गर्ने सुझाव प्रतिवेदनमा प्रस्तुत गर्नुभएको छ । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया