श्रावण १, २०८२ बिहिबार July 17, 2025

हृदयघातबाट परराष्ट्रमन्त्रीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ग्याबोनका विदेशमन्त्रीको शुक्रबार मन्त्रिपरिषद्को बैठकका क्रममा हृदयघातका कारण निधन भएको छ ।

राष्ट्रपति अली बोङ्गोका निकट सहयोगी माइकल मुसा एडामो यसअघि अमेरिकाका लागि राजदूतका रूपमा काम गरिसकेका थिए। अन्तर्राष्ट्रिय समाचार एएफपीको अनुसार मन्त्रिपरिषद् बैठकको सुरुमा मुसा एडामो बसे र अस्वस्थ महसुस गर्न थाले। सरकारले पुष्टि ग¥यो कि उनलाई हृदयघात भएको थियो र उनलाई सैनिक अस्पतालमा लगियो, जहाँ उनको जीवन बचाउनको लागि विशेषज्ञहरूको प्रयासको बाबजुद दिउँसो पछि उनको मृत्यु भएको हो ।

राष्ट्रपति बोङ्गोले ट्विटरमा मूसा अदामोको मृत्युमा शोक व्यक्त गर्दै उनलाई “एक धेरै महान कूटनीतिज्ञ, एक सच्चा राजनीतिज्ञ“ भनेर वर्णन गरेका छन् । राष्ट्रपतिले परराष्ट्र मन्त्री सबैभन्दा पहिले एक मित्र, वफादार भएको र उनीमाथि आफूले सधैं भरोसा गर्ने पनि उल्लेख गरेका छन् ।

६२ वर्षका मुसा एडामोले बोङ्गोसँग दुई दशकभन्दा बढी समय काम गरेका थिए। सन् २००० मा ग्याबोनको रक्षा मन्त्री हुँदा उनी बोङ्गोको चीफ अफ स्टाफ बनेका थिए र सन् २००९ मा निर्वाचित भएपछि उनी राष्ट्रपतिको विशेष सल्लाहकार बनेका थिए। मोसा एडामो सन् २०१० देखि २०२० सम्म अमेरिकाका लागि ग्याबोनको राजदूत र रक्षा मन्त्रीको रूपमा काम गरे। २०२० र २०२२ र गत मार्च देखि विदेश मन्त्री बनेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया