असार २४, २०८२ मंगलबार July 8, 2025

अलपत्र परेकालाई गाउँ फर्काउने ओखलढुंगाका स्थानीय तहको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुंगा । ओखलढुंगाका स्थानीय तहले शहरमा अलपत्र परेका नागरिकलाई गाउँ फर्काउने तयारी थालेका छन् । जिल्ला सदरमुकाममा सबै स्थानीय तहका प्रमुखसहित जिल्ला कमाण्ड पोष्टका पदाधिकारीको बैठकले अलपत्र परेका नागरिकलाई गाउँ फर्काउन पहल गर्ने निर्णय गरेसँगै स्थानीय तहले त्यसको तयारी थालेका हुन् ।

जिल्लाका सबैजसो स्थानीय तहले सार्वजनिक सूचना जारी गरेर अलपत्र परेकाहरुको विवरण संकलन गरिरहेका छन् ।
मोलुङ र मानेभञ्ज्याङ गाउँपालिकाले आउन चाहने सबै नागरिकलाई गाउँ फर्काउने भन्दै सम्पर्कमा आउन अपिल गरेका छन् । ‘लकडाउनका कारण हाम्रा गाउँका जनता शहरमा समस्यामा परेकोप्रति ध्यानाकर्षण भएको छ । आउन चाहानेको विवरण संकलन गरेर गाउँसम्म ल्याउने हामीले तयारी गरिरहेका छौं ।’

मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतिराज राईले भने, ‘तर गाउँमा आएर क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।’ मानेभञ्ज्याङले वडामार्फत् अलपत्रहरुको विवरण संकलनको काम थालेको छ ।
मोलुङ गाउँपालिकाले शहरबाट अलपत्र परेकालाई उद्धार गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा क्वारेन्टाइनमा राख्ने तयारी गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताएका छन । ‘लकडाउनका कारण संकटमा परेकालाई उद्धार गर्ने र सुरक्षित तवरले गाउँमा ल्याएर क्वारेन्टाइनमा राख्ने गरी विवरण माग गरिरहेका छौं’ नेपालले भने ।

सुनकोशी गाउँपालिकाले संकटमा परेका नागरिकलाई सहयोग गर्ने नीति लिएको छ । बीचबाटोमा अलपत्र परेका र खाद्य संकट झेलेका नागरिकलाई सहयोग गरिने गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले जानकारी दिएका छन । ‘यहि अवस्थामा सबैलाई गाउँ फर्काउन कति सम्भव होला तर संकटमा परेकालाई सहयोग गर्न थालेका छौं ।’ अध्यक्ष अधिकारीले भने, ‘बाटोमा अलपत्र परेकालाई ल्याएर सरकारी क्वारेन्टाइनमा राख्ने र संक्रमण नभएको पुष्टि गरेर गाउँ फर्काने अन्यथा, जो जहाँ छन् त्यहिँ ठाउँमा सहयोग गर्न पनि हाम्रो संयन्त्र पुग्छ ।’ अध्यक्ष अधिकारीले गाउँ फर्कन चाहनेहरुको स्वास्थ्य परीक्षण गराउन र शहरमै संकट झेलेर बसेकाहरुलाई राहत तथा उद्धारका लागि सरकारका माथिल्लो नियकासँग पहल भईरहेको बताएका छन।
खिजीदेम्बा गाउँपालिकाले पनि समस्यामा परेकालाई सहयोग गरिने भन्दै आफ्नो स्थान र अवस्थाबारे जानकारी गराउन अपिल गरेको छ । ‘को कहाँ कुन अवस्थामा छ र कस्लाई के समस्या छ भन्नेबारे बुझ्ने काम भईरहेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले भने, ‘सबैको अवस्था र आवश्यकता बुझेर त्यहि अनुसार हामी अघि बढ्ने तयारीमा छौं ।’ खिजीदेम्बाले एकै दिन दुईवटा सम्म सार्वजनिक सूचना जारी गरेर तत्काल विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले पनि समस्यामा परेकालाई उद्धार गर्ने तयारी गरेको वडा नम्बर ११ का अध्यक्ष विनोद केसीले जानकारी दिएका छन । कसरी उद्धार गर्ने भन्ने ठोस नीति बनिनसकेको भएपनि समस्यामा परेकालाई गाउँ ल्याउने तयारी भएको केसीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार