श्रावण २०, २०८३ बुधबार August 5, 2026

कार्तिकले लिए १० दिनको सुटिङलाई २० करोड पारिश्रमिक

कार्तिकले फिल्म ‘धमाका’मा १० दिनको सुटिङ गरेवापत निर्माता राम माधवानीबाट २० करोड पारिश्रमिक लिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेता कार्तिक आर्यन बलिउडमा सर्वाधिक कमाउने अभिनेतामध्ये एक हुन् । उनले पहिलो फिल्म ‘प्यारका पन्चनामा’का लागि १ दशमलब २५ लाख रुपैंयाँ पारिश्रमिक लिएका थिए ।

उनले कोभिड–१९ को बेला निर्माण गरिएको एक फिल्मका लागि २० करोड पारिश्रमिक लिए । हालै एक अन्तर्वार्तामा आफू बलिउडको शाहजादा भएकाले त्यो पारिश्रमिकको आफू हकदार भएको दाबी गरे ।

कार्तिकले सन् २०२१ मा रिलिज फिल्म ‘धमाका’मा १० दिनको सुटिङ गरेवापत निर्माता राम माधवानीबाट २० करोड पारिश्रमिक लिएका थिए । यद्यपि त्यो समयमा उनले यो कुराको पुष्टि गरेका थिएनन् । हालै उनले त्यो पारिश्रमिक लिएको स्वीकार्दै निर्माताले आफूलाई त्यतिधेरै पारिश्रमिक किन दिए भन्ने कुरा पनि खुलाएका छन् ।

‘मैले यो फिल्मको सुटिङ कोरोनाको समयमा गरेको थिएँ । त्यो फिल्ममा केवल १० दिनको मात्र सुट थियो । त्यो मेरो मेहनतको पैसा थियो । म आफ्नो निर्मातालाई १० दिन त के २० दिनमा पैसा दोब्बर गरिदिन्छु’, उनले भनेका छन् ।

कार्तिकका अनुसार सन् २०२२ मा रिलिज फिल्म ‘भूल भूलैया २’को सफलतापछि उनी आफूलाई हिरो नम्बर वान सम्झन्छन् । ‘मैले आफूलाई जहिल्यै एक नम्बरकै रुपमा हेरें । मानिसहरुले विस्तारै विस्तारै यो कुरालाई महशुस गर्न थाले र मलाई त्यही नजरमा हेर्न थाले । यो मानिसहरुको प्रेम हो । म फ्यानको प्रेमबाट उत्साहित छु र जहिल्यै हिट फिल्म दिन चाहन्छु । बलिउडमा म केवल एक राजकुमार हुँ’, कार्तिकको भनाई छ ।

कार्तिकको आउन लागेको फिल्म ‘आशिकी ३’ हो । जसको निर्देशक अनुराग बसुले गरेका छन् । यसबाहेक उनी कृति सेननका साथ फिल्म ‘शहजादा’मा पनि देखिँदैछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार