वैशाख १३, २०८१ बिहिबार April 25, 2024

अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली सार्वजनिक (सूचिसहित)

कतिपय शिक्षकको नेपाली नागरिकता, नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्ममिति फरक फरक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय किताब खाना (शिक्षक)ले अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली सार्वजनिक गरेको छ । २०७९ माघ १ गतेदेखि २०८० असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली सार्वजनिक गरेको हो ।

शिक्षा नियमावली २०५९, (संशोधन सहित) नियम १२६ उपनियम (घ) बमोजिम सामुदयिक विद्यालहरुमा २०७९ माघ १ गतेदेखि २०८० असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरूको किताब खानामा रहेको वैयक्तिक विवरण फारामको आधारमा नामावली सार्वजनिक गरेको छ ।

७७ ओटै शिक्षा विकास तथा समन्वय एकाईलाई अनिवार्य अवकास हुने शिक्षकहरुको नामावली पठाउँदै शिक्षकहरूको किताबखानामा रहेको वैयक्तिक विवरण फारामको आधारमा प्रविष्ट गरिएको सूचना प्रणालीबाट तयार गरिएको नामावली सार्वजनिक गरेको जनाएको छ ।

कतिपय शिक्षकको नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्ममिति फरक फरक रहन सक्ने भएकाले एकाईमा भएको अभिलेखसँग भिडाई किताबखानाबाट पठाईएको अवकाश सम्बन्धि विवरणमा कुनै फरक परेमा सम्बन्धित शिक्षकबाट प्रमाण सहित पेश गर्न समेत सुचनामा भनिएको छ ।

यहाँबाट हेर्नुहोस नामावली :

http://www.stro.gov.np/ne/2017-07-20-09-25-42/category/45-2023-01-04-08-39-26

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया