वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

लापरबाहीका कारण विद्यार्थीहरुको अर्धवार्षिक परीक्षा सञ्चालनमा ढिलाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राैतहटकाे देवाही गाेनाही नगरपालिकामा अर्धवार्षिक परीक्षा सञ्चालनमा ढिलाइ हुँदा विद्यार्थीहरु मारमा परेका छन् । असोज/कात्तिक महिनामा लिनुपर्ने अर्थवार्षिक परीक्षा ४ महिना ढिला गरी माघ महिनामा सञ्चालन भइरहेको छ ।

विद्यार्थीहरुको शिक्षाको गुणस्तर मापनका लागि लिइने परीक्षा यसरी ढिला लिँदा विद्यार्थीको भविष्यमाथि नै खेलबाड हुने शिक्षाविद्हरु बताउँछन् । नगरका शिक्षा संयोजक अरबिन्द यादवको लापरबाहीका कारण विद्यार्थीहरुको अर्धवार्षिक परीक्षा सञ्चालनमा ढिलाइ भएको नगरका जानकारहरु बताउँछन् ।

वार्षिक परीक्षा नै नजिकिएका बेला शिक्षा संयोजक यादवले भने दशौं महिनामा आएर अर्धवार्षिक परीक्षा सञ्चालन गरेका छन् । अर्धवार्षिक परीक्षा समयमा लिइएन भने त्यसकाे औचित्य नै नरहने जानकारहरू बताउँछन् ।

यस विषयमा जिल्ला शिक्षा समन्वय इकाइ राैतहटका प्रमुख रामविनय कुमार सिंहसँग बुझ्दा अर्धवार्षिक परीक्षा लिनुपर्ने समय असोज/कात्तिक भएको र माघ महिनामा परीक्षा लिनु धेरै नै ढिला भएको बताउँछन् । उनले यस विषयमा विस्तृतरुपमा बुझ्न नगरका शिक्षा संयाेजकसँग नै बुझ्नुपर्ने बताए ।

यता यस विषयमा शिक्षा संयाेजक अरबिन्द यादवसँग बुझदा चिसाेका कारण परीक्षामा ढिलाइ भएको भन्दै जिम्मेवारीबाट पन्छिए । जबकी असोज/कात्तिक महिना अत्याधिक चिसो हुने समय नै होइन । शिक्षा जस्तो संवेदनशील विषयमा शिक्षा संयोजक नै यसरी गैरजिम्मेवार बन्दा समग्र नगरकै शिक्षा प्रणालीलाई असर गर्ने शिक्षाविद्हरु बताउँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया