माघ १३, २०७९ शुक्रबार January 27, 2023

चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थी र प्रहरीबीच झडप

आइओएमभित्र प्रहरी प्रवेश गरी विद्यार्थीमाथि लाठीचार्ज गरेर ताला फुटाइदिएपछि झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ। मङ्गलवार उनीहरूबीच झडप भएको हो।

आइओएम सुधारको माग राख्दै विद्यार्थीहरू आन्दोलित छन्। उनीहरूले तालाबन्दीसमेत गरेका थिए। प्रहरीले ताला फुटाइदिएपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो।

प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिनुअघि प्रहरीले विद्यार्थीमाथि लाठीचार्जसमेत गरेको थियो।

आइओएमभित्र प्रहरी प्रवेश गरी विद्यार्थीमाथि लाठीचार्ज गरेकोमा विद्यार्थीहरूले विरोध गरेका छन्। उनीहरूले प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लमजुङमा माघ २९ गतेदेखि १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने
२०७९ माघ १३, शुक्रबार
रविले दिए पदबाट राजीनामा
२०७९ माघ १३, शुक्रबार
नागरिकता मुद्दामा दोषि ठहर लामिछानेविरुद्धको फैसलामा के छ ? [पूर्णपाठ]
२०७९ माघ १३, शुक्रबार
रविप्रति सिके राउतको प्रतिक्रिया- उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो
२०७९ माघ १३, शुक्रबार
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
२०७९ माघ १३, शुक्रबार
माओवादीको निर्णय- राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
२०७९ माघ १३, शुक्रबार
रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा
२०७९ माघ १३, शुक्रबार