असार २४, २०८२ मंगलबार July 8, 2025

लकडाउन उल्लंघन गर्दै मर्निङवाक गर्ने एक सय १५ जना प्रहरीको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले लकडाउन उल्लंघन गर्ने एक सय १५ जनालाई नियन्त्रणमा लिएको छ ।

सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्दै मर्निङवाक गर्ने र अत्यावश्यक बाहेक बाहिर निस्कने तनहुँको दमौलीबाट एक सय १५ जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताएका छन । शनिबार र आइतबार प्रहरीले गरेको कारवाहीका क्रममा ठूलो संख्याका दमौलीका स्थानीय बिहान पक्राउ परेका हुन् ।

दिउँसो हिंडडुलमा कमी आएपनि बिहान भने मर्निङवाक गर्नेको संख्या बढेपछि तनहुँ प्रहरी कडा रुपमा उत्रिएको हो ।

शनिबार ४५ को जना र स्थानीयलाई प्रहरी कार्यालयमा केही समय नियन्त्रणमा राखेर छाडिएको थियो । तर आइतबार झन् धेरै निस्केपछि उनीहरुलाई करिब तीन घण्टा नियन्त्रणमा राखे पश्चात फेरि बाहिर ननिस्कने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताएका छन ।

आइतबार ७० जना लिइएको प्रमुख सिलवालले जानकारी दिएका छन ।

’अब झन कडा बनाउदै जान्छौँ।’ प्रमुख सिलवालले भने ’ लकडाउन उल्लंघन गर्ने लाई कारबाही गर्नेछौँ ।’ कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आइतबारदेखि तनहुँमा जिल्ला बाहिरबाट तरकारी र फलफूल आयातमा पनि प्रतिबन्ध घोषणा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार