वैशाख २०, २०८१ बिहिबार May 2, 2024

गाउँका ‘सिहदरबार’मा किन बढ्दै छ विकृति ?

नक्कली योजना र फर्जी बिलबाटै भुक्तानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गाउँका सिहरदबारको उपाधि पाउँदै आएका स्थानीय सरकारमा भ्रष्टाचार र विकृति बढ्दा नागरिकले सास्ती भोग्नुपरेको छ ।

विभिन्न विकास कार्यक्रम प्राप्त गर्दा वा सेवा लिनेक्रममा समेत नागरिकहरू घुस खुवाउन बाध्य हुनेक्रम बढेपछि स्थानीय सरकार माथि अविश्वास पैदा हुन थालेको सरोकारवालाले बताएका छन् । स्थानीय तहमा नक्कली योजना बनाउने, फर्जी बिल बनाएर भुक्तानी दिने र नियमविपरीत राजस्व मिनाहा गरी आफ्नै स्थानीय तहलाई घाटा पार्नेजस्ता भ्रष्टचारजन्य गतिविधि बढिरहेका पाइएको हो ।

जसका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहकै विरुद्धमा पर्नेगरेको छ ।

अख्तियारले पछिल्ला दिनमा विभिन्न पालिकाका मेयर तथा अध्यक्ष र कार्यकारी अधिकृतलगायत दर्जनौं व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दासमेत दायर गरेको छ । केही वर्षयता यो संख्या बढेर सयौं पुगेको अख्तियारले जनाएको छ । अख्तियारले सोमबार मात्रै स्याङ्जाको गल्याङ नगरपालिकाका तत्कालीन मेयर भूपराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेलगायतका कर्मचारीविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको थियो । अख्तियारका अनुसार हाल अख्तियारमा स्थानीय तहविरुद्ध ठूलो संख्यामा उजुरी रहेकाले जनप्रतिनिधिहरू भ्रष्टाचारी ठहर हुनेक्रम बढ्नसक्ने बताइएको छ ।

अख्तियारमा गत वर्षमात्रै स्थानीय तहविरुद्ध १० हजारबढी उजुरी परेका छन् । यो उजुरीको क्रमले पनि स्थानीय तहमा भ्रष्टाचार र विकृति बढी देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले स्थानीय तहमा हुने भ्रष्टाचारका प्रकृति र अवस्थाका ’बारेमा विश्लेषण गर्दै त्यस्तो प्रवृत्ति रोक्न स्थानीय तहहरूलाई निर्देशन पनि दिएको छ । अख्तियारका अनुसार स्थानीय तहको स्वीकृत पुँजीगत खर्चबाट गरिने विकास निर्माणअन्तर्गत खरिद योजनादेखि निर्माण सम्पन्न प्रतिवेदन तयारी र भुक्तानी प्रक्रियासम्म स्वार्थको द्वन्द्व देखिने, राजनीतिक तथा प्रशासनिक पहुँच भएकाहरूले आआफ्नो स्वार्थनुसार योजना छनोट गर्ने, उपभोक्ता समितिमा समेत तिनै व्यक्तिहरू रहने र अनियमित कार्य गर्ने प्रवृत्ति देखिएको अख्तियारले जनाएको छ ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णयहरु
२०८१ वैशाख २०, बिहिबार
सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ: अध्यक्ष ओली
२०८१ वैशाख २०, बिहिबार
म्याग्दीमा सुन्तला उत्पादनमा वृद्धि, २१ करोड बढीको कारोबार
२०८१ वैशाख २०, बिहिबार
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
२०८१ वैशाख २०, बिहिबार
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार