कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू १ हजार १ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू १ लाख ६ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू १ लाख ५ हजार ८ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू १ लाख ५ हजार ३ सय छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु १ हजार ३ सय ८० कायम रहेको महासङ्घले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया