श्रावण ५, २०८२ सोमबार July 21, 2025

सरकारको मुख्य सर्भरमा ह्याकरको हमला, सबै सरकारी वेबसाइट डाउन

सर्भरमा समस्याकै कारण त्रिुभवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु समेत रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले सञ्चालन गर्ने मुख्य सर्भरमा ह्याकरको हमलापछि नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन् ।

सर्भरमा समस्या देखिएपछि नेपाल सरकार र सो अन्तरगतका सबै निकाय तथा कार्यालयहरुका वेबसाइट खुलिरहेका छैनन् । आज शनिबार बिहानैदेखि समस्या देखिएर सर्भर डाउन भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

सरकारी सर्भरमा ह्याकरको हमला भएका कारण सर्भर डाउन भएको र सोही कारण सरकारी वेबसाइटहरु नखुलेको केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए ।

सर्भरमा समस्याकै कारण त्रिुभवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु समेत रोकिएका छन् । उक्त समस्या यथाशीघ्र समाधानको प्रयास भइरहेको केन्द्रले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया