वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

एचआईडिसिएलले २ करोड २१ लाख अवितरित हकप्रद शेयर विक्री गर्दै

संस्थापक तर्फको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता हकप्रद शेयर फागुन ८ गतेसम्मका लागि लिलामीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले यस अघि वितरण नभएको संस्थापक तर्फको शेयर पुनः विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तर्फको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता हकप्रद शेयर फागुन ८ गतेसम्मका लागि लिलामीमा ल्याउन लागेको हो ।

यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको ३ करोड ३० लाख कित्ता शेयर विभिन्न चरणमा लिलामी प्रक्रियामार्फत विक्री गर्दै आएको छ । यसअघि विभिन्न चरणमा विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लेखित शेयर पुनः विक्री गर्न लागिएको हो ।

धितोपत्र दोस्रो बजारमा कम्पनीको लिलामी प्रक्रियाबाट विक्री भएको संस्थापकतर्फको शेयर अन्य संस्थापक उप समूहमा रहने कम्पनीले जनाएको छ । कम्पनीको संस्थापकतर्फको शेयर सर्वसाधारण शेयरकै मूल्यमा खरीद विक्री गर्न मिल्ने कम्पनीले बताएको छ ।

प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको उल्लेखित शेयर खरीदका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । ५ लाखभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार