वैशाख २४, २०८१ सोमबार May 6, 2024

आत्मनिर्भरको आइपिओ आजदेखि बिक्री, वैदेशिक रोजगारमा गएका नेपालीले भर्न पाउने

आजदेखि फागुन एक गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्काशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गरेको छ । संस्थाले आजदेखि फागुन एक गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गर्ने जनाएको छ ।

संस्थाले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६३५ प्रतिशतले हुन आउने २ करोड तीन लाख ३८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ । सर्वसाधारण समुहको उक्त शेयर मध्ये १० प्रतिशत अर्थात २० हजार ३३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिसके पछि फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका  लागि निष्काशन गर्नेछ । यदि पहिलो चरणमा प्रयाप्त आवेदन नपरेमा फागुन १५ गतेसम्म निष्काशन गर्न सक्नेछ ।

सर्वसाधारण समुहको शेयर मध्येबाटै तीन हजार ११७ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्टाएको छ । ५ प्रतिशत अर्थात १० हजार १७० कित्ता सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । यसरी कर्मचारी, सामुहिक लगानीकोष र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बिक्री गरेर बाँकी रहेको एक करोड ६९ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ ।

सर्वसाधारण तथा वैदेशिक रोजगारीमा गएका नेपालीले सि-आस्वा सुविधा प्रदान गर्ने बैंक वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । दुबै समुहका लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १००० कित्तासम्मको लागि ‍आवेदन दिन पाउने छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सन राइज क्यापिटल रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार