काठमाडौंः सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यसैगरी सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को ९१० बमोजिम गराउने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया