असार २९, २०८२ आइतबार July 13, 2025

प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस, अर्को बैठक २२ गते बस्ने

चितवन क्षेत्र नं २ को सांसद पद रिक्त भएको ब्यहोरा बैठकमा जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः प्रतिनिधिसभामाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/२०७९ को प्रतिवेदन पेस गर्नुभएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री दाहाललाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाउनुभयो ।

सभामुख घिमिरले चितवन क्षेत्र नं २ को सांसद पद रिक्त भएको ब्यहोरा बैठकमा जानकारी गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ २२ गते आइतबार दिनको १ बजे बस्नेछ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया