वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

पक्राउ परेका सांसदलाई रिहाइ गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घन्टे अल्टिमेटम

चौबिस घन्टाभित्र रिहाइ नगरे आन्दोलनमा जाने उन्मुक्तीको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चाैधरीलाई रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे छ ।

फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद चौधरीलाई पक्राउ गरेको विरोध गर्दै पार्टीले रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे हाे । १० वर्षसम्म यो विषयमा कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको पार्टीले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । २४ घन्टाभित्र रिहाइ नगरे आन्दोलनमा जाने पार्टीले चेतावनी दिएकाे छ ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई आज बिहीवार दिउँसाे प्रहरीले बाँकेबाट पक्राउ गरेको थियाे । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार