वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’ – बिजुक्छे

“सत्ता पक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्नुपर्छ । त्यसको लागि प्रमुख प्रतिपक्ष सँधै तयार हुनुपर्छ ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्ने बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको २१औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको १४औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उहाँले संसद्मा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निभाइरहेको छैन भन्नुभयो । उहाँले भन्नुभयो, “सत्ता पक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्नुपर्छ । त्यसको लागि प्रमुख प्रतिपक्ष सँधै तयार हुनुपर्छ ।”

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप सर्कलका शैक्षिक संस्था जनताको आशाको केन्द्रको रुपमा स्थापित भएको बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदारीकरणको नाउँमा शिक्षालाई निजीकरण गरिँदा गरिब जनताका छोराछोरीका लागि उच्च शिक्षा हासिल गर्नु चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, त्रिवि इञ्जिनीयरिङ अध्ययन संस्थानका डीन प्रा डा शशिधरराम जोशी, पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका डीन प्रा देवीप्रसाद भट्टराईलगायतले समुदायमा आधारित ख्वप इञ्जिनीयरिङ कलेजले देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गरिरहेको बताउँदै कलेजको शैक्षिक र भौतिक अवस्था प्रशंसनीय भएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार