वैशाख १५, २०८१ शनिबार April 27, 2024

शुभम् पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शुभम् पावर लिमिटेडको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो ।  सर्वसाधारणका लागि कम्पनीले माघ १८ गतेदेखि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

शुभम् पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि खुला गरेको आईपीओमा आवेदन नदिएका र कम्पनीले  सर्वसाधारणका लागि छुट्याएको सेयरमा थप सेयर गरि माघ १८ गते आइपीओ निष्काशन गरेको थियो । सोहीअनुसार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएको हो ।

यस कम्पनीले १० प्रतिशतले हुन्आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । सामुहिक लगानी कोष ५ प्रतिशतले हुनआउने २९ हजार ३० कित्ता र कर्मचारीहरुलाई २ प्रतिशतले हुने ११ हाजर ६१० कित्ता छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आइपिएल : मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित
२०८१ वैशाख १६, आइतबार
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
२०८१ वैशाख १५, शनिबार
उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाले दिए धन्यवाद
२०८१ वैशाख १५, शनिबार
अन्तर व्यवस्थापिका भेलामा सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी
२०८१ वैशाख १५, शनिबार
‘विश्वविद्यालयहरूले अनुसन्धनात्मक शिक्षालाई प्राथमिकता दिनुपर्छ’
२०८१ वैशाख १५, शनिबार
संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार : पूर्ण बस्नेत
२०८१ वैशाख १५, शनिबार
इलाम र बझाङको उपनिर्वाचन उत्साहपूर्ण : निर्वाचन आयोग
२०८१ वैशाख १५, शनिबार