कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सानिमा लाइफ इन्सुरेन्सको नाफा २३.६३% ले बढ्यो

रिलायन्स लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको सानिमा लाइफको प्रतिसेयर आम्दानी २ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ६२ पैसा पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा २३.६३% ले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअधिमा सानिमाले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा जीवन बिमा कोषको आकार ४४.३८% ले बढेर ४ अर्ब ८ करोड ५३ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

यता, खुद बिमा शुल्क आर्जन ०.८५% ले मात्र बढेर १ अर्ब १७ करोड २० लाख रुपैयाँ पुगेको छ । सानिमाका रिजर्भ कोष ८.०२% ले बढेर ३५ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ६२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १२० रुपैयाँ १९ पैसा छ । हाल यो इन्सुरेन्स रिलायन्स लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२०८३ कार्तिक २७, शुक्रबार
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
२०८३ कार्तिक २७, शुक्रबार