कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सनराइज ‘फोकस्ड फण्ड’को इकाइ बाँडफाँड

सनराइज क्यापिटलले निस्कासन तथा बिक्री प्रवन्ध गरेको यो योजना सनराइज सामुहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ : सनराइज फोकस्ड इक्विटी फण्डको इकाइ बाँडफाँड गरिएको छ ।

यो बन्दमुखी योजनाको कुल १२ करोड इकाइमध्ये १० करोड २० लाख इकाइ सर्वसाधारणहरुका लागि माघ १० देखि २४ गतेसम्म बिक्री खुला गरिएको थियो ।

सनराइज क्यापिटलले निस्कासन तथा बिक्री प्रवन्ध गरेको यो योजना सनराइज सामुहिक लगानी कोष अन्तर्गत सञ्चालन हुनेछ ।

निर्धारित समयावधिमा २९ हजार ९०३ जना आवेदकबाट १० करोड इकाइ खरिदका लागि आवेदन प्राप्त भएकोमा शुक्रबार बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

धितोपत्र निस्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम सबैलाई इकाइ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार योजनाको आकार १ अर्ब कायम गरिएको छ । बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट वा मेरो सेयरमार्फत हेर्न सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२०८३ कार्तिक २७, शुक्रबार
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
२०८३ कार्तिक २७, शुक्रबार