कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

तनहुँमा वार्षिक १७ लाख लिटर दूध बिक्री

केही व्यावसायिक कृषकले पनि सङ्ख्या घटाएर गाईभैँसी पाल्ने गरेका कारण दूध उत्पादन ह्वात्तै घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्ने गरेको छ । व्यास नगरपालिका–११ रानीगाउँस्थित कार्यालय रहेको सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

सङ्घले यसबाट दुग्ध उत्पादक कृषकलाई वर्षिक रु १० करोड प्रदान गर्ने गरेको छ । सङ्का अनुसार एक हजार एक सय ५४ कृषक दुग्ध उत्पादक सङ्घमा आबद्ध छन् । कृषकले उत्पादन गरेको दूध बिक्री हुँदा रु चौध करोड बराबरको आर्थिक कारोबार भएको सङ्घका व्यवस्थापक राजु भुजेलले जानकारी दिए ।

रु १० करोड कृषकको हातमा फर्काउन सफल भई सङ्घले रु ३८ लाख मुनाफा गर्न सफल भएको उनले बताए । दुई वर्षअघि दैनिक चौध हजार लिटर दूध सङ्कलन गर्दै आएको उक्त सङ्घले अहिले चार हजार पाँच सय लिटर दूध सङ्कलन गर्दै आएको छ । कोभिड र महँगो दाना चोकरका कारण कतिपय व्यावसायिक फार्म बन्द भइसकेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिए ।

केही व्यावसायिक कृषकले पनि सङ्ख्या घटाएर गाईभैँसी पाल्ने गरेका कारण दूध उत्पादन ह्वात्तै घटेको उनले बताए ।

दुग्ध उत्पादक कृषकको लागत प्रतिलिटर रु ८१ रहेको छ भने दूधको गुणस्तरको आधारमा प्रतिलिटर रु ६८ सम्म सहकारीले दिनेछ । उनले भने, “लागत बढी पर्न गएपछि कृषकले बाध्य भएर व्यवसाय छाड्ने अवस्थामा पुगेका छन् ।”

नेपाल सरकारसँग पटकपटक कृषक मारमा परेकाले दूधको उचित मूल्य वृद्धि गर्न आग्रह गरे पनि बेवास्ता गर्दै आएकाले कृषक निराश हुने अवस्थामा पुगेको अध्यक्ष कुँवरले जानकारी दिए ।

कृषकको माग सुनुवाइ नभए फागुन १ गतेदेखि दुग्ध उत्पादक सहकारी सङ्घले केन्द्रिय समितिसँग समन्वय गरी स्वघोषित आन्दोलन गर्ने योजना बनाएको उनले बताए ।

व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले दूरदराजमा बसेर कृषकले उत्पादन गरेको दूधलाई सहकारी सङ्घले सङ्कलन गरी मिल्क होलिडेको समस्या समाधान गरेको बताए । राज्यले कृषकलाई लागत उत्पादन घटाउने किसिमका कार्यक्रम ल्याएर प्रोत्साहन गर्न नसके विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने खतरा रहेको उनको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२०८३ कार्तिक २७, शुक्रबार
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
२०८३ कार्तिक २७, शुक्रबार