कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

भैरहवामा अन्तर्राष्ट्रिय उडान फाल्गुन अन्तिममा

अझै मौसममा सुधार नहुँदा मार्च पहिलो साताबाट मात्रै उडान हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा ठप्प रहेको अन्तर्राष्ट्रिय उडान आगामी फागुन अन्तिमबाट पुनः सञ्चालनमा आउने भएको छ ।

मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटी भएपछि जहाज उडान तथा अवतरण गर्न नसकेपछि बन्द भएको अन्तर्राष्ट्रिय उडान हवाई सुरक्षालाई ध्यानमा राख्दै मौसम खुलेपछि मात्रै सञ्चालनमा आउने भएको हो ।

भैरहवामा सुरुदेखि नै अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एयरवेजले हिउँदे उडान तालिकाअनुसार हाल काठमाडौँबाट उडान गर्दै आएको छ । शुक्रबारसम्म काठमाडौँबाट उडान अनुमति पाएको जजिराले फागुन ३ गतेसम्म उडान अनुमति थप्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ तर प्राधिकरणले भने जजिराले मागेको अनुमति स्वीकृत गरिसकेको छैन ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “जजिराले काठमाडौँका लागि प्राधिकरणसँग मागेको थप उडान अनुमति स्वीकृत गरेको छैन । उडान सुरक्षा पहिलो प्राथमिकता भएकाले मौसममा पूर्ण सुधार नहुञ्जेल प्राधिकरणले भैरहवा विमानस्थल सञ्चालनकै लागि उडानमा बाध्य गर्दैन ।”

हाल यो विमानस्थलमा भिजिबिलिटी नभएको समयमा समेत उडान तथा अवतरण गराउन सक्ने उपकरण इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिएको छ तर उपकरणको फ्रिक्वेन्सी भारतीय भूमिमा परेपछि उक्त उपकरण सञ्चालनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडान रोकिएको हो । दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान रोकिए पनि जडान गरिएको उपकरण सञ्चालनका लागि भारतसँग कूटनीतिक तवरबाट छलफलसमेत हुन सकेको छैन ।

प्रतिकूल मौसमलाई देखाउँदै गत  पुस ३ गतेदेखि जजिरा एयरलाइन्सले र मङ्सिर २९ गतेदेखि हिमालय एयरलाइन्सले उडान गरेका छैनन् । विमानस्थलका प्रवक्ता सुवास झाले अपेक्षाअनुसार अझै मौसममा सुधार नहुँदा मार्च पहिलो साताबाट मात्रै उडान हुने अपेक्षा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यात्रुको अभाव र मौसम खराबीका कारण देखाउँदै भैरहवामा उडान बन्द गरेका हवाई कम्पनीले पनि सहज हवाई रुट, यात्रु अभाव, म्यानपावर सेवा, मेडिकल, नयाँ श्रम स्वीकृति, अभिमुखीकरणलगायत सबै सेवा उपलब्ध नरहेकोलगायतका कारण देखाउने गरेका छन् ।”

भैरहवामा विमानस्थल सञ्चालनमा आएसँगै कुवेतको जजिरा एयरवेजको र कात्तिक १७ गतेदेखि हिमालय एयरलाइन्सले उडान सुरु गरेको थियो ।  प्राधिकरणका अनुसार विमानस्थल सञ्चालनमा आएदेखि यो विमानस्थलमा २४८ अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएका छन् । हालसम्म उक्त विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ २८ हजार ४८० जना यात्रुले हवाई सेवा लिएका छन् ।

विमानस्थल सञ्चालनका लागि वार्षिक आठ करोड ८१ लाख रुपियाँ खर्च हुने यो विमानस्थल सञ्चालनका लागि दैनिक पाँचवटा अन्तर्राष्ट्रिय उडान आवश्यक पर्छ तर हाल आन्तरिक उडानमा निर्भर यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य र गुण एयरलाइन्सले भैरहवाबाट काठमाडौँ र पोखरा गन्तव्य बनाएर उडान गर्दै आएका छन् । विमानस्थलबाट आन्तरिकतर्फ दैनिक १८ देखि २५ वटा उडान हुने गरेका छन् । हाल बिहान समयमै मौसन नखुल्दा आन्तरिक उडानसमेत प्रभावित हुँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२०८३ कार्तिक २७, शुक्रबार
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
२०८३ कार्तिक २७, शुक्रबार
यस्तो छ आजको मौसम पूर्वानुमान
२०८३ कार्तिक २७, शुक्रबार