काठमाडौंः अहिलको समयमा हामी कुनै पनि कुराको बारेमा जानकारी लिनका लागि गुगलको प्रयोग गर्दछौं । किनभने हामीले खोज्न चाहेका विषयवस्तु सहजै फेला पार्न सकिन्छ । तर कतिपय समय हामी गुगलमा यस्ता कुराहरु सर्च गर्छौं, जसका कारण अप्ठ्यारोमा पर्न जान्छौं ।
आज हामी तपाईंलाई केही यस्ता विषयहरुको बारेमा बताउँदै छौं, जसलाई सर्च गर्दा तपाईं समस्यामा पर्न सक्नुहुन्छ । यतिसम्म कि कुनै कुरा सर्च गर्दा तपाईं जेल जानुपर्ने अवस्था समेत आउन सक्छ ।
गुगलमा औषधिको नाम सर्च नगर्नुहोस्
यदि तपाईंको स्वास्थ्य अवस्था राम्रो छैन र आफ्नो लक्षणको आधारमा कुन रोगको संक्रमण छ भनेर गुगलमा सर्च गर्नुहुन्छ । अनि यससँगै उक्त रोगबाट निको हुन आवश्यक औषधी पनि खोज्नुहुन्छ ।
तर भुलेर पनि यस्ता काम नगर्नुहोस् । गलत औषधिको सेवनले तपाईंको स्वास्थ्य अवस्था झन् बिग्रिन सक्छ । त्यसैले स्वास्थ्य अवस्था खराब भएको छ भने गुगल सर्च होइन, बर तुरुन्त डक्टरकहाँ जानुहोस् ।
बम बनाउने तरिका
गुगलमा झुक्किएर पनि बम बनाउने तरिका सर्च नगर्नुहोस् । बम बनाउने तरिका वा यससँग सम्बन्धित कुनै पनि चिज सर्च गरेकै कारण तपाईं जेल जानुपर्ने अवस्था समेत आउन सक्छ ।
तपाईं यस किसिमका कुराहरु यदि गुगलमा सर्च गर्नुहुन्छ भने तपाईंको आईपी एड्रेस सोझै सुरक्षा निकायसम्म पुग्नेछ । त्यसपछि सुरक्षा निकायले तपाईं विरुद्ध कारबाही अगाडि बढाउन सक्छ ।
गुगलबाट सोझै मोबाइल एप डाउनलोड नगर्नुहोस्
हामी कुनै एप प्लेस्टोर वा एप्पल एप स्टोरबाट डाउनलोड नगरेर त्यसलाई गुगलमा सर्च गर्दछौं । यसो गर्दा कतिपय समय फर्जी एपहरु डाउनलोड गर्न पुग्दछौं ।
जसले हाम्रो डिभाइसलाई हानी पुर्याउनुका साथै हाम्रो फोनमा रहेको डेटा समेत चोरी गर्दछन् । त्यसैले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट मात्रै एप डाउनलोड गर्ने बानी बसाल्नुहोस् ।
निजी ईमेल गुगलमा सर्च नगर्नुहोस्
याद राख्नुहोस्, आफ्नो निजी ईमेल लगईनका लागि गुगल सर्च गर्नुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । यसो गर्दा तपाईंको अकाउन्ट नै ह्याक हुन सक्ने जोखिम हुन्छ ।
यसबाट तपाईंको ईमेलबाट स्क्याम हुन सक्दछ र तपाईं कानूनी झन्झटमा पर्न सक्नुहुन्छ । त्यसैले ईमेल लगईन गर्दा आधिकारिक एप तथा ब्राउजरको युआरएलमा सोझै टाइप गर्नुहोस् ।
कस्टमर केयर नम्बर
हामी कुनै न कुनै उत्पादन प्रयोग गरिरहेका हुन्छौं । त्यसमा कुनै किसिमको समस्या आउँदा कस्टमर केयरलाई कल गर्ने विषयमा सोच्न थाल्छौं । कतिपय समय हामीलाई सम्बन्धित कस्टमर केयरको नम्बर थाहा हुँदैन । यस्तोमा गुगलको सहारा लिन थाल्दछौं ।
तर यसरी गुगलमा कस्टमर केयरको नम्बर सर्च गर्नु पनि तपाईंका लागि भारी पर्न सक्दछ । साइबर अपराधलाई बढावा दिने ह्याकरहरुले कुनै पनि कम्पनीको फेक वा फर्जी हेल्पलाइन नम्बर गुगल सर्चमा फ्लोड गरिदिन सक्छन् ।
यस्तोमा जब तपाईं उक्त नम्बरमा कल गर्नुहुन्छ, तब तपाईंको नम्बर ह्याकरकहाँ पुग्दछ । त्यसपछि ह्याकरले तपाईंको नम्बरमा कल गरेर कुनै प्रकारको साइबर अपराध गर्न सक्छन् ।
यसमा सिम स्वाप जस्ता घटनाको जोखिम रहन्छ । त्यसैले कस्टमर केयरका लागि आधिकारिक वेबसाइटमा गएर नम्बर यकिन गर्नुहोला ।
पोर्नाेग्राफी सम्बन्धी सर्च
तपाईं हामीलाई सामान्यतया थाहा नै छ, गुगलको विज्ञापनले कसरी काम गर्छ । तपाईं गुगलमा जे कुरा सर्च गर्नुहुन्छ, त्यसै अनुसारका विज्ञापन गुगलले तपाईंले भिजिट गर्ने वेबसाइटमा देखाउने गर्दछ । त्यसैले गुगलमा पोर्न वा आफूलाई लज्जित तुल्याउन सक्ने कुराहरु गुगलमा सर्च नगर्नुहोस् ।
फ्री एन्टिभाइरस तथा सफ्टवेयर सर्च नगर्नुहोस्
गुगलमा एन्टिभाइरस तथा सफ्टवेयर सर्च गर्ने काम सकेसम्म नगरेकै राम्रो । फ्री सफ्टवेयरको नाममा त्यहाँ तपाईंले अनेक विकल्प देख्न सक्नुहुन्छ ।
तर कुन सक्कली कुन नक्कली भन्ने कुरा छुट्याउन निकै मुस्किल हुन्छ । ह्याकरहरुले नक्कली सफ्टवेयर तथा एप राखेका हुन्छन् । यदि तपाईंले त्यस्ता सफ्टवेयर तथा एप डाउनलोड गर्न पुग्नु भयो भने तपाईं ह्याकर तथा साइबर अपराधीको जालमा पर्न सक्नुहुन्छ ।टेकपाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया