असार २८, २०८२ शनिबार July 12, 2025

मधेश प्रदेशसभामा कांग्रेसको अवरोध

आफ्ना अतिथिलाई मर्यादापालकले रोकेको भन्दै कांग्रेसद्धारा बैठक अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश प्रदेशसभा बैठक अवरुद्ध पारेको छ । आफ्ना अतिथिलाई मर्यादापालकले रोकेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । बुधबारको बैठकमा कांग्रेस सचेतक कुमरकान्त झाले संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने भन्ने प्रश्न गरेका थिए ।

प्रश्नको जवाफ नआएसम्म बैठक चल्न नदिने कांग्रेसको अडान छ । यता सभामुख रामचन्द्र मण्डलले सुरक्षा सम्वेदनसिलताको बिषय भएको बताएका छन् । उनले भने ‘यदि तपाईको अतिथि बम लिएर प्रदेशसभा भित्र छिर्न खोज्यो भने छिर्न दिने की नदिने ?’ सभामुखको जवाफपछि १० मिनटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया