श्रावण ५, २०८२ सोमबार July 21, 2025

विकिपिडिया पेज बनाउन नजानेर अलमलमा हुनुहुन्छ, यसो गर्नुहोस्

यसरी तपाईँ विकिपिडियामा आफ्नो पेज खोल्न सक्नुहुन्छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तपाईंलाई कुनै शब्द, घटना, व्यक्ति वा जुनसुकै विषयको बारेमा होस् जान्ने जिज्ञासा छ भने तपाईं पुस्तक पल्टाउनु हुन्न । सिधै आफ्नो मोबाइल वा कम्प्युटरको वेब ब्राउजरमा गएर त्यो शब्द टाइप गर्नुहुन्छ । त्यसपछि सबैभन्दा माथि तपाईंले विकिपिडियामा जानकारी देख्नुहुन्छ ।

कहिलेकाहिँ गुगल सर्च इन्जिनभित्र खोज्दा माथि दायाँतिर एउटा बक्स नै देख्नुहुन्छ । त्यहाँ तपाईंले खोजी गरेको विषयको विस्तृत जानकारी र तल विकिपिडिया लेखिएको हुन्छ । धेरैले यसलाई गुगलकै एउटा डेडिकेटेड पेज भनेर पनि बुझ्ने गरेका छन् ।

तर विकिपिडिया गुगलको प्रडक्ट वा पेज होइन । यो त एउटा छुट्टै वेबसाइट हो । विकिमिडिया फाउन्डेसनबाट सञ्चालित छुट्टै गैरनाफामुखी जानकारीमूलक पेज हो यो ।

आज हामी विकिपिडिया पेज बनाउने तरिका सिकाउँदै छौँ:

–  पेज क्रिएट गर्न विकिपिडियाको सर्च बक्समा गएर आफूले बनाउन चाहेको पेजको नाम लेख्नुहोस् ।

–  नाम लेखिसकेपछि त्यसलाई क्लिक गर्नुहोस् । त्यहाँ तपाईँले ‘क्रियटर अ ड्राफ्ट एन्ड सब्मिट इट रिभ्यु’ मा क्लिक गर्नुहोस् ।

–  नयाँ पेजमा तपाईँले ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुभयो भने कसरी एडिट गर्ने भन्ने सिकाउँछ । तर, हामी यहाँ ‘प्राक्टिस इन द कम्प्युनिटी स्यान्डबक्स’मा क्लिक गर्दै छौँ ।

–  त्यसपछि पुनः ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् ।

–  यति गरेपछि सोस्ट कोडद्वारा एडिट गर्ने वा सामान्य तरिकाले एडिट गर्ने भन्ने दुई ओटा अप्सन देखिन्छ । त्यसमध्ये ‘एडिट पेज भिजुअल्ली’ भन्ने छान्नुहोस् ।

–  त्यसपछि ‘स्टार्ट एडिटिङ’मा क्लिक गर्नुहोस् ।

 

–  त्यहाँ तपाईंले एउटा बक्स देख्न सक्नुहुन्छ, जहाँ तपाईँले आफूले लेख्न चाहेको लेख लेख्न सक्नुहुन्छ ।

 

–  यति गरेपछि अन्तिममा रहेको ‘पब्लिस पेज’मा जानुहोस् ।

–  त्यहाँ क्लिक गरिसकेपछि पेज पब्लिस हुन्छ । तर, तत्कालै भने उक्त पेज लाइभ हुँदैन । त्यसका लागि विकिपिडियाका भोल्युन्टरले एप्रुभ गर्नुपर्छ । यसरी तपाईँ विकिपिडियामा आफ्नो पेज खोल्न सक्नुहुन्छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार