काठमाण्डौः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
परीक्षामा ३ हजार ४५३ उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ। नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र दक्षिण कोरियास्थित श्रम तथा रोजगार मन्त्रालयबीचको समझदारीअनुरूप रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन गत १८ माघदेखि ५ फागुनसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि कोरियन भाषा परीक्षा लिइएको थियो।
परीक्षामा सहभागी १० हजार ३९८ मध्ये ३ हजार ४५३ परीक्षार्थी उत्तीर्ण भएका हुन्। भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीको ८ फागुनमा भैंसेपाटीमा सीप परीक्षण गराइनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया