कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

आजकाे मुद्रा काराेबार : अमेरिकी डलर बढेको बढ्यै, युरोपियन मूल्य घट्दो

अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ २३ पैसा र बिक्रीमा ९० रूपैयाँ ६४ पैसा तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल राष्ट्र बैंकले आइबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलरमा वृद्धि भएको छ भने युरोपियन युरोको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा थियो। यो मूल्य अघिल्लो कारोबारको मूल्य भन्दा १८ पैसा बढेको हो।

आइतबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ६६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ३० पैसामा काराेबार हुनेछ  यो मूल्य अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा एक रुपैयाँले घटेको छ । शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४० पैसा र बिक्रीमा १४२ रूपैयाँ ४ पैसा कायम गरिएको थियो।

उता,  बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५८ रूपैयाँ ६२ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ २३ पैसा र बिक्रीमा ९० रूपैयाँ ६४ पैसा तोकिएको छ। अघिल्लो कारोबार भन्दा ९३ पैसाले अष्ट्रेलियन डलर घटेको छ। शुक्रबार यसको खरिदमूल्य ९१ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ९१ रूपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।

आइतबार क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३३ पैसामा काराेबार हुनेछ । यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रूपैयाँ ८४ पैसा र बिक्रीमा २९ रूपैयाँ ९७ पैसामा काराेबार हुनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ १४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १० पैसा, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ४४ पैसा तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२०८३ कार्तिक २७, शुक्रबार
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
२०८३ कार्तिक २७, शुक्रबार