श्रावण १, २०८२ बिहिबार July 17, 2025

अनियमितता भएको छैन: मधेश कृषि विश्वविद्यालय

स्नातकको भर्नाका लागि आवेदन माग तथा प्रवेश  परीक्षाको  फागुन १३ गतेबाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश  प्रदेश सरकारद्वारा सञ्चालित ‘मधेश कृषि विश्वविद्यालय’ ले अनियमितता नभएको जनाएको छ । विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै विभिन्न संचार माध्यम र प्रदेश सभामा उठेका सवालमा स्पष्ट पारेको भन्दै यस्तो जानकारी दिएको हो ।

विश्वविद्यालयमा हुन लागेको डेढ अर्बको ठेक्कामा व्यापक भ्रष्टाचारका लागि चलखेल सुरु भएको  समाचार बाहिरिए पछि विश्वविदालयले विज्ञप्ति जारी गरेको छ । ।

विश्वविदालयको भवन निर्माण र प्रयोगशाला (ल्याब) का लागि उपकरण खरिद गर्न १ अर्ब ४९ करोड रकम विनियोजन गरिएको छ । भवन निर्माणको डीपीआर अन्तिम चरणमा पुगेको विश्वविद्यालयले जानकारी दियो ।

विश्वविद्यालयमा  सवारी साधनका नाममा एउटा कार म.प्र. ०२–००१ झ ०१९५ उपकुलपतिको लागि खरिद भएको र अर्को कार रजिष्ट्रारको लागि ना. २ च ५२०२ को भाडामा लिएको छ। प्रदेश सरकारवाट एउटा वस प्राप्त भएको छ। विश्वविद्यालयमा दुई ओटा मोटर साइकल र ६ ओटाटा साईकल भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पदाधिकारी दुई, कर्मचारी दुई कार्यलय सहयोगी चार

एक जना कम्प्यूटर अपरेटर, एक जना प्रशासन सहायक चार जना कार्यलय सहयोगी रहेको विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।  त्यस्तै, विश्वविद्यालयमा दुई जना पदाधिकारी (उपकुलपति डा. बैधनाथ महतो र रजिष्ट्रार डा. श्रीभगवान ठाकुर रहेका छन् भने, एक जना लेखा अधिकृत थप जिमेवारीमा रहेको छ, यस विश्वविद्यालयमा लेखा हेर्ने तथा प्रशासन हेर्ने कर्मचारी पूर्णकालीन छैनन् । विश्वविद्यालयमा शिक्षाध्यक्ष, डीन नियुक्त हुन सकेका छैनन् ।

गरेका प्रगति

प्रदेश कृषि विश्वविद्यालयको विनियमावलि तयार, स्नातकको भर्नाका लागि आवेदन माग तथा प्रवेश  परीक्षाको  फागुन १३ गते बिहान ९ बजेदेखि सञ्चालन गर्ने तयारी गरेको छ । ,चार वर्षे स्नातक तहको पाठ्यक्रम निर्माण, कक्षा संचालन गर्न तयारी, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) संग सम्झौता गरेको छ ।

कक्षा सञ्चालनका लागि लिएको प्राध्यापकको परीक्षामा डा. केशव राज पाण्डे र डा. चौधरी नगेन्द्र राय यादवलाई नियुक्तिका लागि छनोट गरेको छ ।

जग्गा व्यवस्थापन

विषहरियामा २६–८–१८ धुर जग्गा प्राप्त गरी सिमान्कन तथा रेखाइन गरेको,कक्षा संचालन गर्न तयारी, रुपनी गाउँपालिकामा  १३ विग्हा, अग्नीसाइर गाउँपालिकामा १८ विग्हा बर्दीवास नगरपालिकामा ५१ विग्हा तथा गौशाला नगरपालिकाको जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

राजविराजस्थित केअ माध्यामिक विद्यालय परिसमा सञ्चालन रहेको विश्वविद्यालयमा ०७८ मंसिर २१ मा उपकुलपति नियुक्त भएका हुन् ।

विश्वविद्यालयले पहिलो शैक्षिक सत्रमा कृषि विषयमा स्नातक ( बीएससी एजी)  तहको पठनपाठनका पूर्व सन्ध्यामा पुगेको छ ।

विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले  यो विश्वविदालयमा भर्नाका लागि आवेदन दिन सक्ने गरी पाठ्यक्रम् तयार गरेको छ । विश्वविद्यालयले पहिलो वर्ष ५० सिटमा विद्यार्थी भर्ना लिने छ ।

मधेस कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश २०७८ अनुसार स्थापित प्रदेश विश्वविद्यालयमा अर्को वर्षदेखि कृषि, भेटनरीको, बागवानी, मत्स्य लगायतको पढाइसँगै कृषिको आधुनिकीकरण, व्यवसायीकरण, औजारीकरणको अध्ययन अध्यापन गराउने लक्ष्य लिएको छ ।

समस्या 

विश्वविद्यालयको आन्तरिक संरचना तयार भएको छैन ।  राजविराज –३ स्थित के.अ. विद्यालयमा विश्वविद्यालयको प्रशासनिक काम हुँदै आएको छ । विद्यालयको कक्षा कोठामा विश्वविद्यालयले सञ्चालन गर्ने कक्षा सम्भव  नभएको स्थानीयहरू बताउँछन् । प्राज्ञिक सभा गठन भएको छैन । विश्वविद्यालयको कुलपति मुख्यमन्त्री रहने व्यवस्था ऐनमा छ ।

सो ठेक्कामा अनुकूलको स्पेसिफिकेशन डीपीआरमै राख्न चलखेल सुरु गरेका छन् । भवन निर्माणको डीपीआरमा नै एकजना ठेकेदारलाई अनुकूल हुनेगरी स्पेसिफिकेशन राख्न विश्वविद्यालयका उपकुलपतिमाथि दबाब, उपकुलपति वैद्यनाथ महतोमाथि ईपीसी मोडेलमा खरिद प्रक्रियालाई अगाडि बढाउन दबाब लगायतका विषय यस अघि बाहिरिएका थिए ।

स्रोतहरुका अनुसार ईपीसी मोडेलमा खास ठेकेदार कम्पनीलाई अनुकूल हुने गरी स्पेसिफिकेशन राखिन्छ । त्यसका लागि उपकुलपति महतोमाथि व्यापक दबाब बढाइएको थियो । ईडुपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार