श्रावण ५, २०८२ सोमबार July 21, 2025

मोबाइलको ब्लुटुथ खुल्लै राख्नुहुन्छ ? सावधान !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  ब्लुटुथ व्यापक रूपमा प्रयोग गरिएको वायरलेस प्रविधि हो । विद्युतीय उपकरणलाई एक-अर्कासँग कनेक्ट गर्ने भएकाले पनि यो प्रविधि चर्चित छ ।

विगतमा फाइल ट्रान्सफर गर्न बढी प्रयोग हुने ब्लुटुथ अहिले अनेकन् कामका लागि प्रयोग हुन्छ । हेडफोन, स्पिकर, इयरबड, माउस, स्मार्टवाच, किबोर्ड र अन्य सामानहरू स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरहरूमा जडान गर्न ब्लुटुथको प्रयोग हुने गरेको छ ।

ब्लुटुथकै कारण हामी कुनै तार नै नजोडी विभिन्न डिभाइसलाई एक-अर्कामा जडान गरेर प्रयोग गर्न सक्छौं । यी अनेक सुविधाका बावजुद पनि यसले थुप्रै साइबर सुरक्षा जोखिमहरू निम्त्याएको छ । ब्लुटुथसँग सम्बन्धित मुख्य साइबर सुरक्षा जोखिममध्ये एक तपाईंको उपकरणमा अनधिकृत पहुँचको सम्भावना हो ।

यदि तपाईँले आफ्नो डिभाइसको ब्लुटुथ अन गर्नुभएको छ, यस्तो जोखिम बढी हुन्छ । यसमा तपाईँको डिभाइसमा पहुँच पाउन साइबर अपराधीले ब्लुटुथको सहायता लिन्छन् । यसरी ब्लुटुथबाट प्रयोगकर्ताको डिभाइसमा पहुँच बनाउन उनीहरू ‘ब्लुज्याकिङ’ प्रविधि प्रयोग गर्छन् ।

यसबाट प्रयोगकर्ताको अनुमति र जानकारीबिनै कन्ट्याक्ट, मेसेज, ग्यालरी र डिभाइसको ब्राउजरमा समेत पहुँच बनाउँछन् । त्यसबाहेक पनि भाइरस भएका डिभाइसहरू तपाईँको डिभाइसमा कनेक्ट भएर डिभाइस नै खराब पार्ने जोखिम हुन्छ ।

यसलाई ‘ब्लुटुथ हनीपोट’ (bluetooth honeypot) आक्रमणको रूपमा चिनिन्छ । तपाईँको डिभाइसमा भएका डेटा नष्ट गर्न वा त्यसलाई खराब बनाउन र डेटामाथि पहुँच पाउन साइबर अपराधीले ब्लुटुथको सहयोग लिन्छन् ।

साथै ब्लुटुथकै माध्यमबाट डिभासइमा पहुँच बनाएर इन्टरनेटमा आक्रमण गर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

ब्लुटुथबाट कसरी साइबर आक्रमण हुन सक्छ ?

–  डिभाइसमा ब्लुटुथका माध्यमबाट स्पाम मेसेज वा मालिसियस लिङ्क पठाउन सक्छन् । त्यस्ता स्पाम मेसेज वा लिङ्कले गर्दा तपाईँको डेटा चोरी हुन सक्छ ।

– ह्याकरले तपाईँको डिभाइसमा ब्लुटुथ कनेक्ट गरी डिभाइस आफ्नो नियन्त्रणमा लिएर खतरनाक एप इन्स्टल गरिदिन सक्छन्, जसले गर्दा तपाईँको डिभाइसको सम्पूर्ण पहुँच ह्याकरले पाउन सक्छ ।

– ह्याकरले ब्लुटुथको प्रयोग गरी तपाईँको डिभाइसबाट फोटो, मेसेज, कन्ट्याक्ट नम्बर, सेभ गरिएका युजरनेम र पासवर्डको जानकारी लिन सक्छन् ।

 ब्लुटुथबाट हुने सम्बन्धित जोखिमहरूबाट आफूलाई जोगाउन, राम्रो साइबर सुरक्षा अभ्यासहरू अपनाउनु आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले प्रयोगमा नहुँदा ब्लुटुथ अफ गर्नुपर्ने हुन्छ । यसले तपाईंको डिभाइसमा अनधिकृत पहुँच रोक्न र खराब डिभाइससँग कनेक्सन बनाउने जोखिम कम गर्छ ।

तपाईं आफ्नो ब्लुटुथ कनेक्सन सुरक्षित गर्न थप सुरक्षामा उपाय अपनाउन सक्नुहुन्छ । त्यसका लागि आफ्ना महत्त्वपूर्ण एपमा पासवर्ड प्रयोग गर्नुहोस् । विशेषगरी कन्ट्याक्ट, फोन, मेसेज, ग्यालरी, जिमेल, ब्राउजरजस्ता एपमा पासवर्ड राख्नुहोस् ।

यसले तपाईँको डिभाइसमा कुनै अन्य डिभाइस कनेक्ट भएर डेटा चोरी गर्न खोजिरहेको छ भने त्यसलाई रोक्न मद्‍दत गर्छ ।

यसैगरी डिभाइसको सफ्टवेयर बारम्बार अपडेट गरिरहँदा पनि यस्ता जोखिमबाट बच्न सकिन्छ । सफ्टवेयर अपडेटमार्फत डिभाइसका कमजोरी समाधान हुने भएकाले यस्ता साइबर सुरक्षाका जोखिम पनि कम हुन्छन् । डेभलपरले प्रायः सुरक्षा कमजोरीहरू समाधान गर्न अपडेट उपलब्ध गराउने गर्छन् । त्यसैले यी सफ्टवेयर अपडेटले पनि डिभाइसलाई अर्काको पहुँचमा हुन नदिन ठूलो भूमिका खेल्छ ।

यदि तपाईँको डिभाइस स्वचालित रूपमा ब्लुटुथमार्फत अन्य डिभाइसमा कनेक्ट हुन्छ भने यस्ता जोखिम बढी हुन्छन् । त्यसैले डिभाइसलाई स्वचालित रूपमा अन्य डिभाइससँग कनेक्ट हुने अप्सन अफ गर्नुहोस् । यसले अनधिकृत डिभाइसलाई तपाईँको अनुमतिबिना तपाईंको डिभाइसमा स्वचालित रूपमा कनेक्ट हुनबाट रोक्छ ।

यसैगरी सबैभन्दा बढी जोखिम सार्वजनिक स्थानहरूमा हुन्छ । सार्वजनिक स्थानमा ब्लुटुथ डिभाइस प्रयोग गर्दा सतर्क हुनुपर्छ । जोकोहीले तपाईँको डिभाइसमा पहुँच पाउन पर्खिरहेको हुनसक्छ । तपाईँको डिभाइसमा स्वतः ब्लुटुथ कनेक्ट हुने फिचर छ भने यो नै उनीहरूका लागि उपयुक्त अवसर हुन्छ । त्यसैले सार्वजनिक स्थानमा ब्लुटुथ अन राख्नु हुँदैन ।

ब्लुटुथ एक सुविधाजनक प्रविधि भएपनि साइबर सुरक्षाका सन्दर्भमा यसमा थुप्रै जोखिमहरू रहेका छन्, जसले गर्दा तपाईँका व्यक्तिगत डेटा र गोपनीयता गुम्ने सम्भावना धेरै हुन्छ । त्यसैले यी जोखिमलाई कम गर्न ब्लुटुथ प्रयोगमा नभएको बेला बन्द गर्नुपर्छ । डिभाइसमा बलियो र युनिक पासवर्ड राख्दा पनि डिभाइस सुरक्षित राख्न सकिन्छ ।

त्यस्तै सफ्टवेयर नियमित रूपमा अपडेट गर्ने डिभाइसका कमजोरी सुधार हुँदै जान्छन् । र, सबैभन्दा मुख्य कुरा सार्वजनिक स्थलमा जाँदा सधैं सतर्क हुनुपर्छ । यी उपाय पालना गरेर आफूलाई ब्लुटुथका माध्यमबाट हुने साइबर आक्रमणबाट बचाउन सक्नुहुन्छ । यसो गर्दा तपाईँका व्यक्तिगत डेटा र गोपनीयता सुरक्षित गर्न हुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार