असार २९, २०८२ आइतबार July 13, 2025

पासपोर्ट वितरणलाई सहज बनाउन कांग्रेस सांसद खतिवडाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पासपोर्ट वितरणलाई सहज र सर्वसुलभ बनाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले पासपोर्ट लिन र राष्ट्रिय परिचयपत्र बनाउनका लागि रातिदेखि सडकमा लाइन बस्नुपर्ने, लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरे ।

‘हामीले वितरण गरिरहेको पासपोर्ट करिब १४०० मा बन्ने रहेछ । तर त्यही पासपोर्ट सरकारले एउटा गरिब किसानको छोरालाई २० हजार रुपैयाँसम्म लिएर बेचिरहेको छ,’ सांसद खतिवडाले भने, ‘राज्यले नै गरिब जनतालाई ठगेर यति धेरै पैसा कमाउने नीति कहिले अन्त्य गर्ने ? अनि त्यति पैसा तिरेपछि पनि सजिलो गरी पासपोर्ट पाउने अवस्था किन नबनाउने ?’

उनले पासपोर्ट लिनकै लागि दुर्गमका नागरिकले लाखौं रुपैयाँ खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार