कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ११ पैसा र बिक्री दर १३२ रूपैयाँ ७१ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ११ पैसा र बिक्री दर १३२ रूपैयाँ ७१ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ ८५ पैसा र बिक्री दर १४० रूपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९२ पैसा र बिक्री दर १५९ रूपैयाँ ६४ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ३५ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९० रुपैयाँ ४ पैसा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया