काठमाण्डौंः सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा दुई सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घट्दै १ लाख १ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया