काठमाडौंः एन्ड्रोइड फाेनमा एउटा त्यस्तो सेटिङ छ, जसका माध्यमबाट फोन नहेरेर सहजै कसले फोन गरेको भन्ने पत्ता लगाउन सकिन्छ । यस फिचरको नाम हो ‘कन्ट्याक्ट रिङ्गटोन’ । यसको अर्थ तपाईँले हरेक व्यक्तिका लागि फरक-फरक रिङटोन सेट गर्न सक्नुहुन्छ ।
त्यसपछि रिङटोन बजेकै भरमा कसले फोन गरेको भन्ने कुरा पहिचान गर्न सकिन्छ । तपाईँको एन्ड्रोइड डिभाइसअनुसार यो सेटिङको नाम फरक-फरक हुन्छ । वा तपाईँको फोन निर्माता कम्पनीले गुगलको यो सेवामा सहकार्य गरेको छ वा छैन भन्ने कुराले यो फिचर हुने/नहुने कुरामा फरक पार्छ ।
अधिकांश एन्ड्रोइड डिभाइसमा तलको प्रक्रिया अपनाएर कन्ट्याक्ट रिङटोन सेट गर्न सकिन्छ:
– सबैभन्दा पहिले आफूले विशेष रिङटोन राख्न खोजेको नम्बर सेभ गर्नुहोस् ।
– त्यसपछि फोनमा कन्ट्याक्ट एप खोल्नुहोस् ।
– अनि, आफूले सेभ गरेको व्यक्ति वा कम्पनीको नाममा ट्याप गर्नुहोस् ।
– माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
– र, सेट रिङटोनको अप्सन छान्नुहोस् ।
– यति गरेपछि तपाईँले राख्न चाहेको रिङटोनमा गएर त्यसैलाई सेलेक्ट गर्नुहोस् । यसरी विशेष रिङटोन सेट गर्न सकिन्छ ।
यसरी विभिन्न कन्ट्याक्टलाई फरक-फरक रिङटोन राख्दा फोन नछोएर कसले फोन गरेको भन्ने पत्ता लगाउन सकिन्छ । टेकपाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया