काठमाडौंः डिशहोम फाइबर नेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभीसिक्स कार्यान्वयनमा ल्याएको छ । कम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आईपीभीसिक्स प्रविधिमार्फत सेवा दिन थालेको छ ।
इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य भूमिका हुन्छ ।
हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेस जरुरत पर्दछ । इन्टरनेट प्रोटोकलभर्सन सिक्स त्यसैको नयाँ पुस्ता हो ।
विश्वभर भीफोरमा उपलब्ध सीमित आईपी एड्रेस वितरण भएर सकिएपछि आईपीभीसिक्स विकास गरिएको थियो ।
आईपीभीफोरमा ३.७ अर्ब युनिक आईपी एड्रेस रहेका छन्, जब कि आईपीभीसिक्समा आईपी एड्रेसको सङ्ख्या ३४०० खर्ब रहेको बताइन्छ ।
एनएटी प्रविधि आवश्यकन पर्ने हुँदा आईपीभीसिक्समा आईपीभीफोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ ।
साथै सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया