असार २९, २०८२ आइतबार July 13, 2025

‘महिलाको प्रतिनिधित्व बढाउन दलभित्र शुद्धीकरण आवश्यक’

निर्वाचनका समयमा उम्मेदवारले भड्किलो खर्च नगर्ने संयन्त्रको व्यवस्था गर्नपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरोकारवालाहरुले समानुपातिक समावेशी प्रतिनिधित्वमा महिलाको सहभागिता बढाउन राजनीतिक दलभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याएका छन् ।

आज बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समानुपातिक समावेशी प्रतिनिधित्वसम्बन्धी कानुनी व्यवस्था र वर्तमान अवस्थाबारे भएको छलफलमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद तथा नेताहरुले राजनैतिक दल लैङ्गिकमैत्री बन्नुपर्नेमा जोड दिए ।

समितिका सभापति दिलकुमारी रावल पार्वतीले समानुपातिक समावेशी प्रतिनिधित्वका लागि राजनीतिक दल उत्तरदायी बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय संसद् र प्रदेशसभाबाट बनाइने कानुन संविधानमा भएको व्यवस्थाअनुसार महिलामैत्री बनाउन सांसद सचेत हुनुपर्छ ।”

उहाँले समानुपातिक प्रतिनिधित्वमा विगतमा धेरै पटक राजनीतिक दललाई निर्वाचन प्रणाली विषयमा समितिले उत्तरदायी बनाउन छलफल भएको गरेको बताउनुभयो ।

बैठकमा जुरी नेपालका अधिवक्ता मोहनलाल आचार्यले समानुपातिक समावेशी प्रतिनिधित्वसम्बन्धी कानुनी व्यवस्था र वर्तमान अवस्थाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले संविधानको धारा ३८ मा टेकेर महिला अधिकारका लागि कानून नबनेको बताउनुभयो ।

उहाँले राजनैतिक दल आफैँमा लैङ्गिकमैत्री नहुनु मुख्य चुनौती भएको बताउनुभयो । उहाँले ३३ प्रतिशत प्रतिनिधित्व हो वा समानुपातिक हो भन्ने विषयमा स्पष्टता नभएको बताउनुभएको थियो ।

नेकपा (एमाले)का सांसद महेश बर्तौलाले दलभित्र लैङ्गिकमैत्री वातवरण तयार नभएसम्म महिला नेतृत्वको सहभागिता बढ्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “दलभित्र लैङ्गिकमैत्री वातावरण बन्नुपर्छ । अर्कातर्फ महिलाभित्र पनि चेपाङ, मुसहर, दलित र सिमान्तकृत समुदायको प्रतिनिधित्व हुन आवश्यक छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विनिता कठायतले महिला नेतृत्वले महिलाकै मुद्दा र जनताको मुद्दा उठाउन नसक्दा नेतृत्वप्रति विश्वास प्राप्त गर्न नसकेको बताउनुभयो ।

“महिला भएकै कारण नेता बन्ने भन्दा पनि महिला नेताहरुले आफ्नो क्षमताको विकास र जनताको मुद्दा बुझ्नतर्फ ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले दलीय शासनमा दल सुधार नभएसम्म महिला, आदिवासी र जनजातिका मुद्दाअघि बढ्न नसक्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता देवी खड्काले समानुपातिक सहभागिताका लागि दलभित्र सुधार गर्न आवश्यक भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “समस्या पार्टीभित्र छ । पार्टी शुद्धिकरण नगरेसम्म  समानुपातिक सहभागितामा सुधार हुन सक्दैन ।”

रास्वपाका सांसद सुमना श्रेष्ठले निर्वाचनमा हुने फजुल खर्च नियन्त्रण गर्नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पैसा बिना पनि निर्वाचनमा उम्मेदवार बन्न र निर्वाचित हुन सकिन्छ भन्ने वातवरण बनाउन आवश्यक छ ।

यसले उम्मेदवारमा आत्मविश्वास बढ्छ ।” उहाँले निर्वाचनका समयमा उम्मेदवारले भड्किलो खर्च नगर्ने संयन्त्रको व्यवस्था गर्नपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको सहभागिता बढाउने, प्रतिनिधित्व गर्ने महिलाबीच एकताबद्ध आवाज बनाउनुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार