काठमाण्डौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाण पत्र तहको नियमित तथा आंशिक परीक्षा आवेदन फाराम भर्नका लागि समय परिवर्तन गरेको छ ।
डिप्लोमा/प्रमाणपत्र तहको विभिन्न कार्यक्रमहरुको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्ड नियमित र आंशिकको परीक्षा आवेदन फाराम भर्ने समय थप गरीएको हो ।
पूर्व प्रकाशित सूचना अनुसार फागुन २२ गते नियमित शुल्कको अन्तिम मिति तोकिएकोमा सार्वजनिक विदा रहेकोले फागुन २५ गते अन्तिम मिति तोकेको छ । साथै विलम्ब शुल्कको अन्तिम मितिमा कुनै परिवर्तन गरेको छैन ।
हेर्नुहोस सूचना :
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया