श्रावण १, २०८२ बिहिबार July 17, 2025

समाजवादी विद्यार्थी युनियनको स्ववियु निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक

समाजवादी विद्यार्थी युनियनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने विषयलाई घोषणा पत्रमा उठायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध समाजवादी विद्यार्थी युनियनले घोषणापत्र सार्वजनिक गरेको छ। चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचन लक्षित घोषणापत्र संगठनले शनिबार सार्वजनिक गरेको हो।

मुलुकको वास्तविक धरातलमा उभिएर आजसम्मको क्रान्तिले सिर्जना गरेको चेतनालाई सम्बोधन गर्न समाजवादी विद्यार्थी युनियनले संघीय समाजवादी शिक्षा प्रणालीलाई आम जनता र मुलुकको सर्वोपरी हित र समृद्धिको लागि हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ।

संगठनले उठाएको शिक्षा प्रणालीको मूलभुत विशेषताहरूमा त्रैभाषिक शिक्षा, आदर्शवादी समाज र मौलिक विज्ञान र प्रविधिको विकास, संघीय समाजवादी संस्कृतिको विकास, संघीय समाजवादी मनोविज्ञान, संघीय समाजवादी विश्व दृष्टिकोण, प्राकृतिक श्रोत साधनको व्यवस्थित विकास, भूबनोट अनुसारको व्यवस्थित जल जमीन, जंगलमाथिको स्थानीय स्वामित्व, सामुदायिक शिक्षा प्रणाली रहेको बताइएको छ।

समाजवादी विद्यार्थी युनियनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने विषयलाई घोषणा पत्रमा उठाएको छ। ‘वर्षौदेखि बहिष्करणमा परेका आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलित, अपांग भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका हरेक अंगमा प्रतिनिधित्व गराउनु नै समानुपातिक समावेशी हो, घोषणापत्रमा भनिएको छ।

विद्यार्थी, शैक्षिक प्रणाली, विश्वविद्यालयको वेथिति, भ्रष्टाचार लगायतका विषयहरू समेटिएको २६ बुँदाहरू आफ्ना प्रतिबद्धताका रूपमा प्रस्तुत गर्दै संगठनले सम्पूर्ण मतदाता विद्यार्थीहरूसँग समाजवादी विद्यार्थी युनियनलाई मतदान गर्न अपिल गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार