असार २८, २०८२ शनिबार July 12, 2025

चिनियाँ राजदूत याङछीको सक्रियता, नेकपा दुवै पक्षका नेताहरुसँग छलफल तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । चीनका नेपालस्थित राजदूत हाउ याङछीले नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन् ।

शुक्रबार बिहान करिब एक घण्टा भएको भेटघाटको बिस्तृत विवरण प्राप्त नभए पनि नेकपाभित्रको द्वन्द र ओलीको निरन्तरताको सम्भावनाबारे छलफल भएको बुझिएको छ । प्रचण्डसँगको भेटलगत्तै उनी वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेकी थिइन् ।

राजदूत याङछीले बिहीबार राति राजनीतिक संकटको भूमरीमा फसेका प्रधानमन्त्री केपी ओलीसँग पनि भेटघाट गरेकी थिइन् ।

करिव एकसाता पहिले चिनियाँ राष्ट्रपति सि जिनपिङले टेलिफोनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरी ओलीको सुस्वास्थ्य र खुशीका लागि दिएको शुभकामनालाई ओलीपक्षले वर्तमान राजनीतिक संकटमा चीनको ओलीलाई समर्थनका रुपमा प्रस्तुत गर्दै आएको छ ।

राष्ट्रपति सीको भण्डारीसँग फोन वार्तापछि राजदूत याङछीले भण्डारीसँग एक्लै भेट गरेकी थिइन् । जसबारे राष्ट्रपति कार्यालयले कुनै सार्वजनिक जानकारी दिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया