काठमाडाैंः नेपाल बैंकर्स संघ, (एनबिए) ले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको छ ।
संघको आज बसेको बैठकले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको हो । संघको बैठकले बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको
यसअघि बचतको न्युनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत रहेकाे थियो। त्यस्तै, उक्त बैठकले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । यसअघि ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरिएकाे थियाे ।
व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने यथावत रहने बताइएको छ । आगामी चैतमा पनि बैंकहरुले मुद्दति निक्षेपमा ११.४१ प्रतिशत ब्याज दिनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया