श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विद्यालय जाने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु

नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा १ मा अध्ययनरत बालिका बडुवालको भीरबाट लडेर मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बडी मालिका ६ कोर्धमा एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा बडी मालिका नगरपालिका ६ फणील्ला बस्ने दलबहादुर बडुवालकी ६ वर्षकी छोरी कमला बडुवाल रहेकी छन्।

विद्यालय जाँदै गर्दा बाटोबाट चिप्लिएर भीरमा खसेको र घटना स्थलमै मृत्यु भएको आफन्तले बताएका छन्। फणिल्लाबाट विद्यालय जानका लागि करिब १ घण्टा लामो भीरको बाटो पार गर्नु पर्ने बाध्यता छ। फणिल्लामा सानो बस्ती भएकोले विद्यालय छैन।

बालिका बडुवाल नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा १ मा अध्ययनरत थिइन्। उनीहरू बिहानै ९ बजे नै विद्यालय जाने गरेका छन्। फणिल्ला गाउँदेखि विद्यालय पुग्न १ घण्टा बढी समय लाग्ने गरेको छ। हतारमा पुग्नु पर्ने हुँदा भीरको बाटोमा बालबालिकालाई निकै जोखिम हुने गरेका छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया