कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार रोक्का

मर्जर प्रक्रिया पूरा गरी आजदेखि एकीकृत कारोबार सञ्चालन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मर्जर प्रक्रिया पूरा गरी आजदेखि एकीकृत कारोबार सञ्चालन गर्न लागेका निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले शेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पत्राचार गरेका छन् ।

मर्जरपश्चात् गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९, बमोजिम गाभ्ने/गाभिने कम्पनीको शेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार भएको मितिबाट १५ दिनका लागि शेयर कारोबार रोक्का हुने कम्पनीले  जानकारी दिएको छ ।

साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट फागुन २९ गतेदेखि एकीकृत कारोबार हुँदै छ ।

मर्जपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय भने काठमाडौं महानगरपालिका–१ नक्सालमा रहने कम्पनीले जानकारी दिएको छ । सगरमाथा र लुम्बिनी  जनरल इन्स्योरेन्स १००:८०  शेयर अनुपातमा मर्जमा जाने निर्णय गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
२०८३ कार्तिक २०, शुक्रबार
आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना
२०८३ कार्तिक २०, शुक्रबार
तिथिको घटबढले यस वर्ष तिहार ६ दिनको, मिथिलामा आज धनतेरस
२०८३ कार्तिक २०, शुक्रबार
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली तथा चितवन र पोखरा भिड्दै
२०८३ कार्तिक २०, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५१.४७ रुपैयाँ
२०८३ कार्तिक २०, शुक्रबार
आज शुक्रबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक २०, शुक्रबार
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार