श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा पहिलोपटक गणित उद्यान सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौः विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलो पटक गणित उद्यान (म्याथ पार्क) को सुरुआत गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले म्याथ पार्कको सुरुआत गरिएको हो ।
बूढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको आज उद्घाटन गरिएको छ । पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले पार्कको उद्घाटन गरिन् ।
म्याथ पार्कमा विद्यार्थीहरूले गणितलाई प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न म्याथ पार्कको भूमिका रहने छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरूले आफैँ म्याथ पार्कमा गणितका नयाँ कुरा सिक्न सक्छन् जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने छ ।
विज्ञान प्रविधि सचिव बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन् । उनले विज्ञान र गणित विषयप्रति विद्यार्थीको आकर्षण कम हुने गरेको भन्दै म्याथ पार्कले विद्यार्थीलाई सहज हुने बताइन् ।
मन्त्रालयले स्टिम शिक्षाका सामग्री तयार पार्ने कार्य भइरहेको जानकारी दिँदै पूरा भएपछि विद्यालयलाई वितरण गरेर शिक्षकलाई यसबारे तालिम दिन तयारी गरेकोसमेत उनले जानकारी दिइन् । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको बताइन् ।
अंग्रेसजी जानीनजानी बोल्ने गरे पनि गणित आउँदैन भन्ने र यसलाई महत्त्वका साथ नहेरिएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताए । विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभागका कारण म्याथ पार्क निर्माण गर्न सकिएको जानकारी दिइन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार