श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन चैत ८ गते हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ गते मात्रै स्ववियु निर्वाचन हुने भएको छ । निर्वाचन अधिकृत रोशन लामिछानेले सोमबार सार्वजनिक गरेको संशोधित निर्वाचन तालिकामा चैत ८ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने उल्लेख छ ।

त्रिभुवन विश्व विद्यालय र त्यसका आङ्गिक क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्रिविद्वारा प्रकाशित स्ववियु निर्वाचन तालिका बमोजिम सम्पूर्ण कार्यक्रम हुनुपर्नेमा विशेष कारणबस निर्वाचन तालिकामा संशोधन गर्नुपरेको उहाँले बताउनुभयो ।

फागुन ३० गते मनोनयन पत्र वितरण गर्ने, चैत १ गते नामावली दाखिला गर्ने, चैत १ गते साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेगरि निर्वाचन तालिका संशोधन गरिएको छ । चैत २ गते उम्मेदवारको विरुद्ध दावी विरोध प्रस्तुत गर्ने र दावी विरोध उपर छानबिन गरेर नामावली प्रकाशित गर्ने, चैत ३ गते उम्मेदवारले नाम फिर्ता लिने अन्तिम समय र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरि तालिका तयार गरिएको छ ।

फागुन २३ गते सार्वजनिक गरिएको प्रारम्भिक मतदाता नामावली त्रुटि देखिएपछि विद्यार्थी संघ संगठन र समूहले विरोध जनाएका थिए । उनीहरुले त्रुटि बारे छानबिन हुनुपर्ने माग राखेका थिए । यही विषयलाई लिएर केही उच्छृङ्खल विद्यार्थीले विद्यार्थी कल्याणको कोठामा आगजनीसमेत गरेका थिए । जसले गर्दा फागुन २५ गते गते अन्तिम मतदाता नामावली प्रकाशित हुन सकेको थिएन ।

मतदाता नामावलीमा देखिएको त्रुटि छानबिनका रघुनाथप्रसाद चौरसियाको संयोजकत्वमा समिति गठन गरिएको थियो । तीन दिनभित्र त्रुटि बारे छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको थियो । विद्यार्थी संगठनहरुबाट छानबिनमा असहयोग भएको भन्दै उनले आइतबार राजीनामा दिनुभएको थियो ।

पुनः सहायक क्याम्पस प्रमुख अनिलकुमार रमण नेतृत्वको छानबिन समितिले नामावलीमा देखिएको समस्या समाधान गरेर सोमवार नै प्रतिवेदन निर्वाचन समितिमा पेस गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले ९ हजार ७ सय जना मतदाताको नामावली क्याम्पसको वेबसाइटमा राखिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार