श्रावण २, २०८२ शुक्रबार July 18, 2025

झापाका तीन क्याम्पसमा तालाबन्दी पछी स्ववियु निर्वाचन अनिश्चित

गौरादह बहुमुखी क्याम्पसको प्रशासन कक्षमा तीन विद्यार्थी सङ्गठनले ताला लगाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः झापाका १३ वटा आङ्गिक क्याम्पस मध्ये तीन वटा क्याम्पसमा स्ववियु निर्वाचन अन्योलमा परेको छ । विद्यार्थी सङ्गठनहरूले ती क्याम्पसमा तालाबन्दी गरेपछि चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन अन्योलमा परेको हो ।

विद्यार्थीहरूले जिल्लाका काँकरभिट्टा बहुमुखी क्याम्पस, गौरादह बहुमुखी क्याम्पस र गरामनी क्याम्पसमा तालाबन्दी गरेका छन् ।

काँकरभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित छ । त्रिभुवन विश्व विद्यालयको निर्वाचनसम्बन्धी आचारसंहिताअनुसार आचारसंहिता लागू भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ तर काँकरभिट्टा क्याम्पसले विद्यार्थी भर्ना गरेकाले विवाद उत्पन्न भएको विद्यार्थी सङ्गठनहरूको दाबी छ ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले आचारसंहिता विपरीत क्याम्पसले विद्यार्थी भर्ना गरेको भन्दै विरोध गरेपछि क्याम्पस प्रशासनले अर्को सूचना प्रकाशन नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको छ भने अनेरास्ववियु लगायतका विद्यार्थी सङ्गठनले गेटमा लाला लगाइदिएका छन् ।

सर्वदलीय बैठक बोलाएर निर्वाचन गराउने सहमति भए पनि विद्यार्थी सङ्गठनहरूले ताला नखोल्दा निर्वाचनको वातावरण बन्न नसकेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाले बताउनुभयो ।

त्यस्तै गौरादह बहुमुखी क्याम्पसको प्रशासन कक्षमा तीन विद्यार्थी सङ्गठनले ताला लगाएका छन् ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर क्याम्पस प्रशासनले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा गत शुक्रबार नै तालाबन्दी गरेका थिए । अहिले ताला खोलिए पनि अहिलेसम्म निर्वाचनका कुनै पनि कार्यक्रम सुरु गरिएको छैन ।

त्यस्तै गरामनी क्याम्पसमा नेपाल विद्यार्थी संघ र राप्रविसंघले तालाबन्दी गरेका छन् ।

अनेरास्ववियुका विद्यार्थीहरू स्ववियुमा निर्विरोध निर्वाचित भएकोमा त्यसप्रति असहमति जनाउँदै ती दुई सङ्गठनले तालाबन्दी गरेको क्याम्पस प्रमुख नवीन रायले बताउनुभयो । ताला खुलाउने विषयमा पहल भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार