श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विद्यालय भवन हस्तान्तरण

दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गर्नुभएको छ ।

आफ्ना बुबाआमाको स्मृतिमा रु. ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच उहाँहरुले हस्तान्तरण गर्नुभएकोे हो ।

विसं २००६ मा भाषा पाठशालाका रुपमा स्थापना भएको सो विद्यालयले विसं २०३४ मा माध्यमिक विद्यालयको स्वीकृति पाएको थियो । हाल कक्षा १२ सम्म सञ्चालनमा रहेको याे विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् ।

भवन हस्तान्तरण समारोहमा प्रदेशसभा सदस्य डा. टकराज गुरुङले विद्यालयको शैक्षिकस्तर अभिवृद्धि एवं गाउँमा सडक स्तरोन्नति र केन्द्रीय प्रसारण लाइन विस्तारलगायतका विकास निर्माणमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद दवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले गाउँको शैक्षिक विकासमा योगदान दिनुहुने बुवाको स्मरणमा विद्यालय भवन निर्माण गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि यस किसिमको सहयोग गर्दै जाने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक हरिनारायण दवाडीले विद्यालय स्थापनादेखि मावि सञ्चालन गर्नका लागि आवश्यक जग्गा उपलब्ध गराउने र स्वीकृति दिलाउन तत्कालीन प्रधानपञ्च एवं समाजसेवी चूडामणि दवाडीले सक्रिय नेतृत्व लिनुभएको स्मरण गर्नुभयो । सो अवसरमा राष्ट्रियस्तरका कलाकारद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

यसअघि सोही विद्यालयका शिक्षक स्व चेतोनाथ अधिकारीको स्मृतिमा उहाँको परिवारले रु. छ लाखको लगानीमा विद्यालय हाताभित्र सरस्वतीको मन्दिर पनि निर्माण गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार