श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यी क्याम्पसमा स्ववियु निर्वाचन रोकियो (सूचीसहित)

उपत्यकाका आरआर, अमृत साइन्स, पाटन संयुक्त, नेपाल कमर्स र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । विद्यार्थी संगठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ ।

उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध रहेको छ । नेपाल कमर्स क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो ।

यस्तै, सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै त्रिचन्द्र क्याम्पसमा यही चैत ९ गतेका लागि तोकिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया