श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा पुनः मत गणना हुने

एमाले निकट अखिल र माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवारले बराबर मत ल्याए पछि पुनः मतगणना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहमुखी क्याम्पसमा पुनः मतगणना हुने भएको छ ।

आइतबार सम्पन्न स्ववियु निर्वाचनमा यहाँ ७११ मत खसेकोमा मतगणनाका क्रममा ७१२ वटा मतपत्र भेटिएको तथा नेकपा एमाले निकट अखिल र माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवारले बराबर मत ल्याए पछि पुनः मतगणना हुन लागेको हो  ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका क्रममा सभापतिमा नेबिसंघसहितको संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका प्रेमराज दाहालले ३५० र अनेरास्ववियुका सन्दीप थापाले पनि ३५० नै मत प्राप्त गरेपछि बढी देखिएको एउटा मतपत्रका कारण विवाद चुलिएपछि मतपरिणाम घोषणा स्थगित गरिएको हाे ।

स्ववियु निर्वाचन अन्तर्गत सुखेपोखरीमा ९७० जना विद्यार्थीमध्ये ७११ जना विद्यार्थीले मतदान गरेका थिए तर मतपत्र गणना गरिसक्दा भने ७ सय १२ मत देखिए पछि थप बिबाद भएको हो ।

सर्वपक्षीय बैठक बसेर पुनः मतगणनाको तयारी भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया