श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुको किल्ला ३१ वर्षपछि ढल्यो

अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार अंजित खनाललाई पराजित गर्दै नेविसंघका निलकुमार थारु विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कपिलवस्तुको शैक्षिक धरोहर वाणगंगा नगरपालिका १ बुची सिद्धार्थ क्याम्पसमा ३१ वर्षपछि अनेरास्ववियुको किल्ला ढल्यको छ। सिद्धार्थ क्याम्पस जिल्लाकै सबैभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा पर्दछ। वि सं २०४८ सालदेखि क्यामपसमा स्ववियु चुनाव जितेको अनेरास्ववियुले यस पटक हार व्यहोरेको छ।

अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार अंजित खनाललाई पराजित गर्दै नेविसंघका निलकुमार थारु विजयी भएका हुन् ।थारुले ३ सय ७२ मत पाएका छन् भने खनालले ३ सय ४२ मत ल्याएका छन् । खनाललाई अखिल छैठौं र अखिल क्रान्तिकारी (बहुमत) को समर्थन थियो । यस्तै अखिल [क्रान्तिकारी] संयुक्त प्यानलका विष्णुबहादुर राउत विज्ञानले १ सय २० मत प्राप्त गरे ।

यस्तै सचिवमा अनेरास्ववियुका उम्मेदवार पशुपति गिरी, कोषाध्यक्षमा नेविसंघका मनोज न्यौपाने, सदस्य तर्फ अनेरास्ववियुका हरि प्रसाद थारु, अर्चना आचार्य, सवित्रा पाण्डे, विपना गिरी निर्वाचित भएका छन् । नेविसंघबाट सुदन पोख्रेल निर्वाचित हुँदा नेविसंघका प्रदीप भट्टराई, निशा थारु र अनेरास्ववियुका शेषकान्त मरासिनीको समान मत आएको छ । कुल ८ सय ४६ मत खसेको सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार सचिव गिरी र कोषाध्यक्ष न्यौपाने हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया